Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

काठमाडौं असार ५ : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो ।

डाभइर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने गरेको प्रहरीले जनाएको छ ।सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

यातायातका साधन सञ्चालनका लागि विभिन्न ४ वटा वैकल्पिक मार्ग तय गरिएको छ । त्यस क्षेत्र हुँदै आवागमन गर्दा यी रुट प्रयोग गर्न सकिन्छ –

पहिलो रुट –पूर्वबाट पश्चिम जाने सवारी साधनले नारायणगढ-मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै जाने

दोस्रो रुट – काठमाडौंबाट पश्चिम जाने सवारी साधनले मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै गन्तव्यमा जाने

तेस्रो रुट- पश्चिमबाट पूर्व जाने सवारी साधनले बुटवल-स्याङ्जा-पोखरा-मुग्लिन हुँदै जाने

चौथो रुट- साना सवारी साधन भने अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट-पिपलडाँडा सडकबाट सञ्चालन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij