Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

ओखलढुंगामा यात्रुबहाक बस दुर्घटना, चालक फरार

ओखलढुंगामा यात्रुबहाक बस दुर्घटना, चालक फरार

काठमाडौं : काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटना आज (बुधबार) दिउँसो १ बजे ओखलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–८ बजरंगे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बस दुर्घटना भएको प्रहरी जनाएको हो ।

बागमती प्रदेश ०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के।सी।ले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ की ५० वर्षीया कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका–८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका–१ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी घाइते भएका छन् ।

सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij