Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

इच्छाकामना : मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोलामा दुइटा गाडीमा सामान्य क्षति पुगेको छ । एउटा हायस माइक्रोबसको छतमा माथिबाट ढुंगा खसेको हो ।अर्को एउटा एम्बुलेन्सको अगाडिको सिसा चर्किएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

मंगलबार (असार ३) मध्याह्न उक्त स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर सवारीसाधनको आवागमन खुलाउने क्रममा माथिबाट ढुंगा खसेको सडक डिभिजनले जनाएको छ ।त्यसक्रममा मानवीय क्षति भएको छैन ।

“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाई साना सवारीसाधनहरूलाई आवागमन सुचारु हुँदै गर्दा माथिबाट ढुंगा खसेर हायसको छतमा झरेको थियोे भने एम्बुलेन्सको अगाडिको सिसा चर्किएको थियो,” सडक डिभिजनले मंगलबार अपराह्न ४ः१० बजे जारी गरेको सूचनामा उल्लेख छ, “मानवीय क्षति भने हुन पाएन । बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij