Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना

विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना

बुटवल : विपन्न नागरिकलाई लक्षित गरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका प्राङ्गणमा कपडा बैङ्क स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैङ्क नेपालको संयुक्त आयोजनामा कपडा बैङ्कको स्थापना गरिएको हो।

हुम्ला जुम्ला लगायत ग्रामीण दूरदराजका बस्तीमा गरी देशका विभिन्न भागमा १६५ स्थानीय तहमा क्लोथ एण्ड फुड बैङ्क स्थापना गरिएको अध्यक्ष कमल जिसीले जानकारी दिए ।वार्षिक रूपमा दुई करोड मूल्य बराबरका ३२ देखि ४० टन लुगा सङ्कलन गरिएको जिसीले बताए ।कपडा बैङ्कको उद्‌घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले पुराना कपडालाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको छ ।

बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको कपडा बैङ्कमा कपडा सङ्कलन गरेर नगर भित्रका विपन्न नागरिक र तत्कालै आवश्यक पर्ने स्थानमा वितरण गरिने र थप स्थानमा बैङ्क स्थापना गर्दै लगिने बर्दघाट जेसिसका अध्यक्ष मोहन सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij