Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे

काठमाडौंँ : चर्चित कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ‘गोबर गणेश’ नामबाट निर्माण गर्ने भएका छन् । बल्छी धुर्बे फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म उनी आफैले निर्देशन गर्दै छन् ।फिल्मको नाम विकास बोर्डमा दर्ता भैसकेको छ । सितादेवी तिमल्सेनार पूजन घिमिरे फिल्मका लागि छानिएका छन् ।

फिल्मको कथा अहिले खुलाइएको छैन । केही समयमै फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे विस्तृत जानकारी दिने उनको तयारी छ । ‘मेरी बास्सै’ चर्चामा छाएका कलाकार मरीचमान पछिल्लो समयमा ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा देखिँदै आएका छन् । मरीचमानले ‘सक्किगोनि’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’मा पनि अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij