काठमाडौँ : सांसद उदयशमशेर जबराले गत असोजको दोस्रो साता आएको बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
‘गत असोजको दोस्रो साता आएको बाढीले बागमती प्रदेशमा ठुलो क्षति गरेको थियो । यसको लागि बजेटको स्रोत सुनिश्चित भएको थियो । विदेशी श्रमसमेत लिएका थियौँ,’ उनले भने ।
साथै निजी आवास सम्बन्धित प्राधिकरणले पुनर्निर्माण गर्ने भनिएको तर हाल के कति निर्माण भयो भएन त्यसतर्फ ध्यान नभएको बताए । ‘पीडितको नाममा दिएको बजेट पीडितलाई नदिएर कहाँ पुगेको छ ? पीडितलाई ल्याएको पैसा अर्को ठाउँमा लग्न पाइँदैन ।’
साथै उनले आगामी बजेटमा तिन करोडको सिलिङ मेन्टेन हुन नसकेको तर्क गरे । उनले भने, ‘किन हुन सकेन अर्थमन्त्रीले स्पष्ट पार्न जरुरी छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij