काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पौडेलले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।
अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको जानकारी दिए । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको उनको भनाई थियो ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ । पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तर सरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको छ । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको छ ।’
अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij