Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?

श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले सहकारी ठगीको आरोपमा पाँच पाँचवटा अदालतमा मुद्दा खेपिरहेका रास्वपाका रवि लामिछाने अझै पार्टी सभापति र संसदीय दलको नेता रहेकोमा प्रश्न उठाए ।

‘अध्यागमनका सामान्य कर्मचारीले गरेको बदमासीका कारण गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नेको पार्टीका सभापति पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका छन् । सभापतिमा बस्न मिल्छ कि मिल्दैन ? रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ ।

निलम्बन भइसकेका दलको नेता रहेकाले राजीनामा दिन मिल्छ कि मिल्दैन ? नै रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति उचित रहन्छ ?’, उनले प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij