Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या

अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या

बुटवल : असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झनक प्रसाद शर्माले बताए ।

उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij