भरतपुर : जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ । हर्टअर्ट्याकका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका थिए । संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो। आमा र भाई भारतमा रहेको र आउने क्रममा रहनुभएकाले पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ।
२०३४ सालमा जन्मिएका पिया २०८० सालको साउन २३ गते चितवनमा भएको अधिवेशनबाट चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएको थियो। यसअघि सदस्य उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिकामा पनि कार्यरत रहनुभएका पिया नेपालको क्रिकेटको विकासमा सक्रिय थिए । उनका श्रीमती, छोरा, छोरी, भाई र आमा छन् ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्षको रुपमा पियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारी र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना गर्दै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुर्याएका थिए । उनले राष्ट्रिय खेलाडि सन्दीप लामिछानेलाई सम्मान गर्दै चितवनको खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सन्दिपलाई राष्ट्रिय खेलाडि बनाउन समेत पियाको योगदान छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij