Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

भरतपुर–जनकपुर रुटमा मध्य नेपाल यातायातले इभी गाडी चलाउने

भरतपुर–जनकपुर रुटमा मध्य नेपाल यातायातले इभी गाडी चलाउने

चितवन : मध्य नेपाल यातायात प्रा. लि. ले चितवनदेखि जनकपुरसम्म २ वटा बिद्युतिय गाडी (इभि गाडी) संचालनमा गर्ने भएको छ । आज शुक्रबार पत्रकार सम्मेलन गर्दै यातायात प्रालिले यात्रुहरुको सहज यात्राको लागि २ वटा बिद्युतिय गाडी असार १ गतेदेखि संचालनमा गर्ने भएको हो ।

विशेष गरि चितवनलाई केन्द्र मानेर यात्रुहरुलाई सहज र आरामदायी यात्राको लागि एसि सहितको सुबिधा सम्पन्न गाडी संचालनमा गर्न लागेको मध्य नेपाल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले जानकारी दिए ।

उनका अनुसार नारायणघाटदेखि जनकपुर सम्म ५ घण्टामा यात्रा गर्न सकिनेछ । उनका अनुसार नारायणगढदेखि जनकपुरसम्म ५ घण्टामा यात्रा गर्न सकिनेछ । भाडा पनि अन्य गाडिहरुले लिने जति नै कायम राखेको छ । देशभर यातायात प्रालिले २ सय वटा बिद्युतिय गाडी संचालन गरिरहेको छ ।

चालक दलका सदस्यहरुलाई छुट्टै ड्रेस र कार्डको व्यवस्था गरि डिजिटल ढङ्गले संचालन गर्ने व्यवसायी देव गहतराजले जानकारी दिए । चितवन र जनकपुरको धार्मिक र पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने व्यवसायी गहतराजले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट