Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं : सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा २० लाख ३० हजार १५७ आवेदकले रितपूवर्क आवेदन दिएका छन् । तीमध्ये १७ लाख ८८ हजार ६२७ आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमा मार्फत हेर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारणबाट २४ लाख १५ हजार ३ सय कित्ताका लागि आवेदन माग गरेको थियो । सोही सेयर १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ । केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले जोखिम मध्यमस्तरमा रहेको जनाउँछ ।गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij