काठमाडौं : आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ ।यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समुहको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध नेपालले एक विकेटको जित निकालेको थियो ।
नेपाल आज सोही खेल दोहोर्याउने पक्षमा हुँदा स्कटल्याण्ड सुरुवाती हारको बदला लिने लक्ष्यमा हुनेछ । दुवैले आफ्नो पछिल्लो ५ खेलमा ३/३ जित निकालेका छन् ।स्कटल्याण्ड १८ खेलबाट २२ अंकसहित तालिकाको चौथो स्थानमा रहदा नेपाल १४ खेलबाट १० अंकसहित तालिकाको सातौ स्थानमा छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij