काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउनको लागि सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको छ। काठमाडौं महानगरपालिका १३ स्थित रवि भवनमा नेपाल तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको हो।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले बिज्ञप्ती जारी गर्दै बजेटका लागि पहल गरिदिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij