Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हेटौंडामा कुखुरा मासुको मूल्य घट्यो

हेटौंडामा कुखुरा मासुको मूल्य घट्यो

हेटौंडा : हेटौंडा बजारमा कुखुरा मासुको मूल्य घटेको छ । पहिले प्रतिकेजी चार सय ३० रुपैयाँ सम्म पुगेको कुखुराको मासुको मुल्य अहिले भने ३ सय ६५ रुपैयाँमा झरेको छ ।जिउँदो कुखुराको मासुको मुल्य घटेसंगै कुखुराको मासुको मुल्य पनि घटेको हेटौंडाका मासु बिक्रेताहरु बताउँछन् । यसअघि जिउँदो कुखुरा किलोको २ सय ६० रुपैयाँ थियो । अहिले भने निकै घटेको छ ।

जिउँदो कुखुराको मासुको मुल्य घटेकाले तयारी कुखरा मासुको मूल्य पनि घटेको हेटौंडा–४ का व्यापारी श्याम महतो बताउँछन् । गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए । अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको व्यावसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij