Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

१० महिनामा ६४ करोडको कोदो आयात

१० महिनामा ६४ करोडको कोदो आयात

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ६४ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ । २०८१ साउनदेखि वैशाख मसान्तसम्ममा ६४ करोड ३५ लाख २८ हजार रुपैयाँको १२८६०.२७ मेट्रिक टन कोदो आयात भएको भन्सार विभागले जनाएको छ ।

यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ । यस्तै ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १२८६.२० मेट्रिक टन अन्य कोदो आयात भएको छ । सो परिमाणमा कोदो आयात हुँदा ४ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij