काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो ।
जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij