Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन

नयाँदिल्ली : प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ।

लखनऊको इकाना स्टेडियममा आरसीबीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनायो ।

जवाफी पारीमा बेंगलुरुको टोली १९.५ ओभरमा १८९ रनमा अलआउट भयो। बेंगलुरुका लागि फिल सल्टले ६२ र विराट कोहलीले ४३ रन बनाए ।

एसएचआरका प्याट कमिन्सले ३ विकेट लिए भने हर्षल पटेल र ईशान मलिंगा दुवैले २–२ विकेट लिए । एसएचआरका तर्फबाट ईशान किशनले ४८ बलमा अविजित ९४ रनको विस्फोटक पारी खेले ।

उनले ७ चौका र ५ छक्का प्रहार गरे। किशनबाहेक अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासनले २४ रन बनाए । रोमारियो शेफर्डले २ विकेट लिए ।

दुवै टिमको प्लेइङ–११

रोयल च्यालेन्जर्स बेंगलुरु : जितेश शर्मा (कप्तान), विराट कोहली, फिल सॉल्ट, मयंक अग्रवाल, टिम डेविड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल, सुयश शर्मा र लुंगी एनगिडी ।

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), ट्र्याविस हेड, अभिषेक शर्मा, ईशान किशन, नितीश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकीपर), अनिकेत वर्मा, अभिनव मनोहर, हर्षल पटेल, जयदेव उनाडकट र ईशान मलिंगा ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट