Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गुजरात, पन्जाब र आरसीबी आईपीएलको प्लेअफमा

गुजरात, पन्जाब र आरसीबी आईपीएलको प्लेअफमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको सानदार जित हात पार्दै प्ले अफमा प्रवेश गर्न सफल भएको छ। गुजरातको जित‌मा शुभमन गिल र साइ सुदर्शनको सानदार साझेदारी गरे। गुजरातको जितले रोयल च्यालेन्जर्स पन्जाब (आरसिबी) र पन्जाब सुपर किङ्स पनि एक खेल अगावै प्ले अफमा प्रवेश गरेका छन्।

जितको लागि २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको शानदार जित निकाल्यो। ओपनरद्वय शुभमन र सुदर्शनले सानदार शैलीमा गुजरातलाई एकपक्षीय जित दिलाए। दिल्लीका कुनै पनि बलरले यी दुई खेलाडीलाई आउट गर्न सकेनन्।

सुदर्शननले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १ सय ८ रन जोडे। शुभमनले ५३ बलमा अविजित ९३ रन बनाए। त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको निम्ला दिएको थियो। उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनायो।

ओपनर फाप डु प्लेसिस ५ रनमा आउट हुँदा दिल्लीले १६ रन बनाएको थियो। तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटको लागि ९० रनको साझेदारी गरे। अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए। अक्षर पटेल २५ रनमा समेटिए। केएल राहुल भने क्रिजमा जमे। उनले शतकीय पारी खेले। ट्रिस्टान स्टब्स अविजित २१ रनमा रहे।

बलिङमा गुजरातको लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए। यो जितमा गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ। समान १७ अंक बनाएका आरसिबी र पन्जाब पनि प्ले अफमा पुगे। आइतबार नै भएको पहिलो खेलमा पन्जाबले राजस्थानलाई १० रनले हराएको थियो।

अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अफमा पुग्नेछन्। मुम्बईसँग १४, दिल्लीसँग १३ र लखनउसँग १० अंक रहेको छ। लखनउले १० खेल खेलेको छ। प्रतियोगिता अन्तरगत आज लखनउ सुपर जायन्ट र सनराइजर्स हैदराबाद उत्तर प्रदेशमा आमने–सामने हुनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट