Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईतबारदेखि टि-टेन क्रिकेट प्रतियोगिता हुने

आईतबारदेखि टि-टेन क्रिकेट प्रतियोगिता हुने

‎काठमाडौं : तीन विश्वविद्यालयका टोलीले खेल्ने डम्बर धामी स्मृति टि—टेन क्रिकेट प्रतियोगिता आईतबारदेखि हुने भएको छ । ‎नेपालका तीन विश्वविद्यालयका कुल १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता आईतवारदेखि हुन लागेको हो ।

प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा हुनेछन् ।

प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको इन्ट्रीफी १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । उक्त कमिटीले डम्बर धामीको स्मृतिमा उक्त खेल गर्न लागेको हो ।डढेलधुराका धामी गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारको क्रममा स्वर्गारोहण भएको थियो । उनी हिस्ट इन्जिनियर कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटनामा परेका हुन् ।

‎प्रतियोगिताको समूह ’ए’ मा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मे इन्जिनियरिङ कलेज छन् । समूह ’बी’ मा हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी छन् ।

‎यस्तै समूह सीमा कान्तिपुर सिटी कलेज, कलेज अफ आइटी एन्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ छन् । यसैगरी समूह डीमा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस छन् ।प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा समूहको हिस्टविरुद्ध कान्तिपुर इन्टरनेसनल कलेजले प्रतिष्पर्धा गर्नेछ । दोस्रो खेलमा कान्तिपुर सिटी कलेज र हिलसाइडबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट