Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य तोलामा ३५०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ३५०० रुपैयाँ घट्यो

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ ।यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो।यसैबिच चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij