काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको तोलामा तीन सय रुपैयाँले घटेको जनाएको छ ।महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij