Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सेयर बजार ६२.२५ अंक बढ्यो

सेयर बजार ६२.२५ अंक बढ्यो

काठमाडौं : साताको चौथो कारोबारको दिन बुधबार दोहोरो अंकको वृद्धि भएको छ ।६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो ।आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ पुगेको छ ।आज सबै उपसमूहको मूल्य बढेको छ । वित्त र जलविद्युत् लगानीकर्ताले आज बढी कमाएका छन् ।

बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ ।यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

बढ्दो बजारमा पनि बुधबार न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ ।आज सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij