Logo

Oct 24 2026 | २०८३, कार्तिक ८गते

प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला

प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला

काठमाडौँ : ‘लभ लभ लभ, आमा, परस्त्री’ जस्ता फिल्म निर्माण गरेकी निर्माता शर्मिला पाण्डे नयाँ फिल्मको तयारीमा जुटेकी छन् । उनले अभिनेता प्रदीप खड्का र गौरव विष्टलाई लिएर नयाँ फिल्म बनाउन लागेकी हुन् । फिल्मका लागि नायक प्रदीप खड्का र गौरव विष्टसँग कुराकानी भएको छ ।

प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्, ‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकामा नै गर्छौ ।’

उनको फिल्म उनकै छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले फिल्म ‘परस्त्री’ बाट निर्देशनमा डेब्यू गरेका थिए । शर्मिलाका अनुसार यो फिल्ममा २ जना नायक हुनेछन् । गौरवलाई लिएर शर्मिलाले फिल्म ‘परस्त्री’ निर्माण गरेकी थिइन् ।

यस्तै गौरव र प्रदीपले फिल्म ‘पीताम्बर’मा पनि सहकार्य गरेका थिए । फिल्मको अन्य कलाकार छिट्टै छनौट हुनेछ । शर्मिलाले लगातार फिल्म निर्माण गरेर आफूलाई यो क्षेत्रमा स्थापित गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट