काठमाडौं : तीन टाँका लगाउनुपर्नेगरी खुमलटारस्थित निवासको शौचालयमा लडेका माओवादी अध्यक्ष प्रचण्डको स्वास्थ्यमा जटिलता नरहेको दाबी गरिएको छ।
तर उनको टाउकोमा तीन टाँका लगाइएकोबारे पुष्टि भएको छ। उनी चिप्लिएर शौचालयमा लड्दा कम्बोडमा टाउको ठोकिन पुगेको थियो।प्रचण्डले मंगलबार दिनभर लाँकुरी भञ्ज्याङमा बिताएका थिए। उनी पारिवारिक खानपिनमा ब्यस्त रहेको पत्तो लागेको छ।
प्रचण्डको अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ। सरकारका तर्फबाट मन्त्री र अन्य राजनीतिज्ञले पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij