Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो ।

जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij