Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

ट्वाइलेटमा चिप्लिएर लडेका प्रचण्डको अवस्थाबारे छोरी गंगा के भन्छिन्?

ट्वाइलेटमा चिप्लिएर लडेका प्रचण्डको अवस्थाबारे छोरी गंगा के भन्छिन्?

काठमाडौं : निजी निवास खुमलटारस्थित ट्वाइलेट (शौचालय)मा चिप्लिएर लडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट घर फर्किएका छन्।सोमबार राती लडेर टाउको र निधारमा चोट लागेका प्रचण्ड नजिकको मेडिसीटी अस्पतालमा उपचारका लागि पुगेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयमा रहेकी छोरी गंगा दाहालले जानकारी दिएको विवरण आएका छन्।

सामान्य चोट लागेका कारण उपचारपछि घर फर्किएर नियमित काममा सरिक भएका प्रचण्डमा खासै ठूलो समस्या केही नरहेको गंगाले बताएकी हुन्। गंगाले ‘बुवाको स्वास्थ्यप्रति चिन्ता देखाएर सद्भाव राख्ने सबैमा धन्यवाद’ भनेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij