Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

प्रदेश कमान्डमा खटाइएका डीआईजीहरूलाई हेडक्वार्टरमा राखियो, अनि के भने आईजी थापाले?

प्रदेश कमान्डमा खटाइएका डीआईजीहरूलाई हेडक्वार्टरमा राखियो, अनि के भने आईजी थापाले?

काठमाडौं: प्रहरी महानिरिक्षक (आईजी) दीपक थापाले प्रदेशको कमान्डमा खटाइएका नयाँ नायव महानिरिक्षक (डीआईजी)लाई प्रधान कार्यालय (हेडक्वार्टर)मा राखेर ब्रिफिङ गरेका छन्। प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)हरूसहितको सहभागीतामा भएको ब्रिफिङमा आईजी थापाले कार्य क्षेत्रमा शिष्टतासहितको सेवा, सुरक्षा कमान्डमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।‘भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन आवश्यक रहेको छ’, थापाले डीआईजीहरूलाई निर्देशन दिँदै भने,‘प्रदेशको प्रहरी परिचालन र सुरक्षामा कमजोरी नगरियोस्।’

प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नवीन ढंगले सम्पादन गर्न निर्देशित गरे।

व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न आईजी थापाको निर्देशन थियो।

‘आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्छ’, आईजी थापाले भने,‘संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्छ।’

यस क्रममा सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उनको जोड थियो। आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij