Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

एसपी राणाले सम्हाले कैलाली प्रहरी प्रमुखको जिम्मेवारी

एसपी राणाले सम्हाले कैलाली प्रहरी प्रमुखको जिम्मेवारी

कैलाली : प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले कैलाली प्रहरीको जिम्मेवारी सम्हालेका छन् ।नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा सरुवा भएका राणाले मंगलबार जिम्मेवारी सम्हालेका हुन् ।

उनी मंगलबार मात्रै कैलाली आइपुगेका हुन् । उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहलगायतले स्वागत गरेका थिए ।प्रहरी उपरीक्षक पदमबहादुर विष्टको सरुवा भएपछि नयाँ प्रमुखका रूपमा राणा हाजिर भएका हुन् । एसपी विष्टको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij