काठमाडौँ : प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि आजै साँझ ६ बजेको समय लिइएको बताइएको छ । साँझ ६ बजे विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिएका छन् ।
वामपन्थी नेता नेपालको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मङ्गलबार निधन भएको हो । नर्भिकको आईसीयू कक्षमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नेपाल सञ्जय थापाका नामबाट समेत परिचित थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij