Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स

यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स

काठमाडौँ : हाल छायाङ्कनरत फिल्म हो ‘माइतीघर’ । फिल्मको छायाङ्कन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्म छायाङ्कन सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस विषयमा केही बताउन चाहेन ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको फिल्म तामाङ संस्कृतिको सेरोफेरोमा रहेर निर्माण हुनेछ । फिल्मको प्रदर्शन मिति दसैँको फूलपाती तोकिएको छ । सुशन प्रजापतिको छायाङ्कन, रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहने फिल्म रोहित अधिकारी फिल्मस्‌काे व्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij