Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सत्ता गठबन्धनको सात बुँदे सहमति मजाक भइसक्यो : स्वर्णिम वाग्ले

सत्ता गठबन्धनको सात बुँदे सहमति मजाक भइसक्यो : स्वर्णिम वाग्ले

काठमाडौं : रास्वपाका उपसभाति डा. स्वर्णिम वाग्लेले सत्ता गठबन्धन बन्दाको सात बुँदे सहमति मजाक भइसकेको बताएका छन् ।मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा सहभागि हुँदै वाग्लेले यस्तो बताएका हुन् ।

‘दुई तिहाई बहुमतको सरकारको छ। विश्वमै यो दुर्लभ प्रयोग हो। नतिजा के छ ? लगभग शून्य,’ वाग्लेले भने, ‘सात बुँदे भनिएको थियो–हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन इत्यादी । त्यो एउटा मजाक भइसक्यो।’

टेलिभिजनका कमेडी कार्यक्रम नचले कुनै मन्त्रीलाई उभ्याएर त्यो सम्झौता वाचन गर्न लगाए पर्याप्त हुने पनि उनको भनाइ छ ।साथै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उदेश्य नभएको आरोप लगाए । अहिलेको विशिष्ट परिस्थितिलाई महसुस गर्न नसेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij