Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij