Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

घाइते गैंडाको उपचार

घाइते गैंडाको उपचार

मध्यविन्दु : लामो समयदेखि घाउ भई घाइते तथा असक्त अवस्थामा रहेको गैँडाको उपचार गरिएको छ । आइतबार चितवन राष्ट्रिय निकुञ्जको पशु विज्ञ डाक्टरसहितको टोली, प्रशासन, नेपाली सेना र शिसवार मध्यवर्ती उपभोक्ता समितिको संयुक्त टोलीको रोहबरमा उक्त घाइते गैंडाकोे उपचार गरिएको हो ।

शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेका अनुसार रूपमा घाइते नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका १७ मा पर्ने शिसवार उपभोक्ता समितिको कार्य क्षेत्रमा विगत ६ वर्षदेखि उक्त गैँडा डुल्ने गरेको थियो ।

करिब ३२ वर्ष उमेरको उक्त पोथी गैँडा ६ वर्षअघि भाले गैँडाको आक्रमणबाट घाइते भएको समितिका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिनुभयो । अशक्त अवस्थामा वन क्षेत्र र गाउँघरमा समेत डुल्ने गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij