Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक

शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक

काठमाडौँ : पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक विवेक खत्रीको स्वरमा रहेको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक गरिएको छ ।नेपाली लोकसंगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक शैलीमा तयार गीतमा विक्रम बाबु विश्वकर्माको शब्द तथा संगीत छ । गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । शरद एलजी, गोविन्द विवश र कृपा पौडेलको अभिनय रहेको भिडियोमा कमल भक्तको कोरियोग्राफी तथा निर्देशन छ । सुनिल भण्डारीको छायाङ्कन रहेका भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ ।

https://youtu.be/AEvrDTpSr1M

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij