काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij