Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने

युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने

काठमाडौं : सरकारले युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ ।अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको हो ।

सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चार माध्यमको परिभाषालाई समेटेको छ ।

यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij