काठमाडौँ : नेपाली चलचित्र ‘शिवांश’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण ब्यानर अञ्जान सिनेमा प्रोडक्सन हाउसको बुधबार फस्टलुक सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।
सार्वजनिक फष्टलुक पोस्टरमा कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको सङ्केत गर्दछ ।
सन्तोष कुमार आत्रेयले निर्देशन गर्ने चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारको पनि अभिनय रहने छ । आत्रेयले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन्
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij