Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?

सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?

काठमाडौँ : सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी चढेको छ । दुई वटा पूर्णसहित १० वटा इजलासमा सो मुद्दा पेसीमा चढेको हो ।

सर्वोच्चका अनुसार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा १३०, टेक प्रसाद ढुंगानाको इजलासमा ३, नित्यानन्य पाण्डेयको इजलासमा ४ वटा मुद्दाको पेसी रहेको छ ।यसैगरी नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासमा ३४, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा २४ वटा मुद्दाको पेसी रहेको छ ।

यस्तै अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा २, सपना प्रधान मल्ल र विनोद शर्माको पूर्ण इजलासमा ३१, सपना मल्ल र बालकृष्ण ढकालको अर्को पूर्ण इजलासमा एउटा मुद्दा पेसी चढेको छ ।यस्तै टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको संयुक्त इललासमा १२९ वटा मुद्दाको पेसी रहँदा अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको अर्को संयुक्त इजलासमा ४७ वटा मुद्दा पेसीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij