Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी : गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हँुदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई–दुई करोडका बजेट विनियोजन गरेकामा रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उहाँले राससलाई जानकारी दिनुभयो ।आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij