Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

जसले बढुवा गरेनन्, उनै जेलमा रहेको जिल्लाको कमाण्डर बने एसपी प्रदीप !

जसले बढुवा गरेनन्, उनै जेलमा रहेको जिल्लाको कमाण्डर बने एसपी प्रदीप !

काठमाडौं : प्रदीपबहादुर क्षेत्री, प्रहरी नायब उपरिक्षक (डिएसपी) मा एक नम्बरमा रहेका बेला तत्कालिन गृहमन्त्री रवि लामिछानेले बढुवामा छुटाए । तत्कालिन गृहमन्त्री लामिछानेले गरेको एसपी बढुवामा पहिलो नम्बरका क्षेत्रीलाई छुटाएर बढुवा गरेका थिए ।संयोगले अहिले सहकारी ठगी प्रकरणमा जेल परेका उनै गृहमन्त्री रवि लामिछाने रहेको रुपन्देही जिल्लाको कमाण्डिङ गर्न पुगेका छन्– प्रदीप क्षेत्री ।

रवि लामिछाने गृहमन्त्री रहेकै बेला २०८० चैत १५ मा ८ जना एसपी बढुवामा पहिलो नम्बरका डिएसपी प्रदीपबहादुर क्षेत्री बढुवामा छुटेका थिए । त्यतिबेला ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपी हुँदा पहिलो नम्बरका क्षेत्री बढुवामा छुटेपछि त्यसबेलाको बढुवानै विवादित बनेको थियो ।त्यसपछि २०८१ को जेठमा एसपीमा बढुवा भएका क्षेत्री एसपीको सोमबार गरिएको सरुवामा रुपन्देही पुगेका छन् ।

संयोगले नै सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेले जेल जीवन बिताईरहेको रुपन्देही प्रहरीको कमाण्डका लागि क्षेत्री रुपन्देही पुगेका छन् ।प्रहरी प्रधान कार्यालयले सोमबार ६३ जना एसपीको सरुवा गरेको छ । सरुवाअनुसार २४ जिल्लाको जिल्ला प्रमुख परिवर्तन भएको छ ।

सरूवाअनुसार सिराहामा अनन्तराम शर्मा, पश्चिम नवलपरासीमा अनुपम श्रेष्ठ, काभ्रेमा कोमल शाह, कञ्चनपुरमा खड्क बहादुर खत्री, चितवनमा गोविन्द पुरी, ललितपुरमा चक्रराज जोशी, बाग्लुङमा तिलक भारती, स्याङ्जामा दधिराम न्यौपाने, धादिङमा दीपेन्द्र शाही, धनुषामा नरहरी रेग्मीको सरुवा भएको छ ।त्यस्तै गुल्मीमा नारायणप्रसाद अधिकारी, मोरङमा नारायण प्रसाद चिमरीया, रौतहटमा नेत्रमणी गिरीको सरुवा हुँदा पाल्पामा पवनकुमार भट्टराई पुगेका छन् ।

त्यस्तै रुपन्देहीमा प्रदीप बहादुर क्षेत्री, कैलालीमा बालनरसिंह राणा, गोरखामा भरतबहादुर विक, सर्लाहीमा योगेन्द्रकुमार खड्का, झापामा राजन लिम्बु, बाँकेमा रामप्रसाद घर्तीमगर, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरत कुमार थापा क्षेत्री, सुर्खेतमा सुधिरराज शाही र महोत्तरीमा हेरम्ब शर्मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij