Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

झापामा १५ तोला सुन चोरी

झापामा १५ तोला सुन चोरी

झापा : झापाको बिर्तामोड नगरपालिका-४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।

कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका अनुसार करिब २९ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij