काठमाडौँ : राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारी विद्यालय पढ्ने गरिबका छोराछोरी पढ्नबाट वञ्चित भएको बताएका छन् । शिक्षकदेखि विद्यार्थी आन्दोलनसम्मको नाममा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू मारमा परिरहेको भन्दै शाहीले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले धनीका छोराछोरी आरामले अहिले पनि महँगो स्कुलमा पढ्न पाइरहेको भए पनि गरिबका छोराछोरीले शिक्षक आन्दोलनका कारण पढ्न नपाएको बताए ।
उनले लामो समयसम्म सरकारले एउटा शिक्षा ऐनसमेत ल्याउन नसकेको भन्दै आक्रोश पोखे । ‘पटक पटक सरकार फेरियो । जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु पनि दिवास्वप्न जस्तो भएको छ’, उनले भने, ‘सरकारले यो विषय हल गरोस् ।’ उनले विद्यालयमा कसैले पनि राजनीति गर्न नहुने समेत बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij