Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’

‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’

काठमाडौँ : टापु राष्ट्र किन्न मिल्ने कुनै सम्पत्तिको टुक्रा नभएको ग्रीनल्यान्डका नयाँ प्रधानमन्त्रीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार आफ्नो देशले ग्रिनल्यान्ड कब्जा गर्ने बताउँदै आएका छन् ।

यसैको प्रतिक्रियामा कोपेनहेगन भ्रमणका क्रममा प्रधानमन्त्री जेन्स–फ्रेडेरिकले नियल्सनले यस्तो अभिव्यक्ति दिएका हुन् । अमेरिकाको अपमानपूर्ण अभिव्यक्तिमा ग्रिनल्यानड र डेनमार्क दुवै एक साथ जुटेर उभिइरहेको उनले बताए ।

आफूहरू कहिले पनि अरू कसैले किन्ने सम्पत्तिको टुक्रो नभएको र यो सन्देश बुझ्न निकै जरुरी रहेको नियल्सनले बताए । नियल्सन यही अप्रिलमा ग्रिनल्यान्डको प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij