Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

लिङ्देनले घटना विषयान्तर गर्न रक्सी चोरेको प्रसङ्ग उठाए : सांसद गौतम

लिङ्देनले घटना विषयान्तर गर्न रक्सी चोरेको प्रसङ्ग उठाए : सांसद गौतम

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गते आपराधिक मनसायले ग्रसित हुलले व्यक्तिगत सम्पत्ति, पार्टी कार्यालय, डिपार्टमेन्ट स्टोरमा गरेको आगजनी तोडफोड र लुटपाटको घटना ढाकछोप गर्ने प्रयास गरेको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सदनमा उभिएर कांग्रेस सहमहामन्त्रीका छोरा रक्सी चोरी घटनामा संलग्न रहेको कपोल्कल्पित भ्रामक तथ्यहीन अभिव्यक्ति दिएर घटनाको विषयान्तर गर्न खोजेको बताइन् ।

यसलाई उनले लिङ्देनको धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको निरन्तरताको रूपमा बुझेको पनि बताइन् । उनले बिना प्रमाण कसैलाई आरोपित गर्न मिल्छ ? भन्दै प्रश्न समेत गरिन् । र आरोप प्रमाणित गर्नु चुनौती दिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij