Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?

काठमाडौँ : फिल्म ‘होस्टेल ३’ले प्रदर्शनको ५१ औँ दिन पूरा गर्न सफल रहेको छ । नयाँ कलाकारहरूको अभिनय रहेको फिल्मले रञ्जना सिनेप्लेक्स न्युरोडमा प्रदर्शनको ५१औँ दिन पार गरेको हो । गत फागुन २३ गते रिलिज भएको ‘होस्टेल ३’ गत बर्षको सफल फिल्ममा गरिन्छ । फिल्मका निर्देशन सशान कँडेलले गरेका हुन् । कंडेलको यो पहिलो फिल्म हो ।

फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । फिल्मले बक्स अफिसमा ५ करोडमाथिको व्यापार गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij