बाँके : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आउने चुनावमा आफ्नै खुट्टामा उभिने दाबी गरेका छन् ।जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आइतबार बाँकेको राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।उनले कांग्रेस र एमालेसँग समीकरण गर्दा फाइदा जति कांग्रेस र एमालेले उठाएको बताए ।
‘कांग्रेस र एमालेसँग समीकरण गरेर फाइदा जति कांग्रेस र एमालेले उठाए, घाटा माओवादीलाई भयो, अब हामी उनको खुट्टामा उभिने छैनौं,’ उनले भने ।माओवादी आफ्नै खुट्टामा उभिएर अगाडी बढ्दा केही परिणाम उप–चुनाव र स्ववियु निर्वाचनबाट देखा परिसकेको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij