Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

स्याललाई हात्ती बनाएपछि

स्याललाई हात्ती बनाएपछि

अनि स्याललाई हात्ती सम्झेर

पूजा गर्छन् ।

स्याल कराएको मन पराएर

जयजयकार गर्छन्

हात्तीको पुच्छर सुटुक्क काटेर

दाह्रा भाँच्न खोज्छन् ।

राम्रो भन्दा नराम्रो सोच्छन्

औँला दिँदा हात टोक्छन्

हिँडिसक्नु छैन गल्तीहरूमा

स्यालसँग मिलेर

हात्ती भगाउँछन्

कागजको घोडा चढेर

पानीमा हाम फाल्छन्

घरमा आगो लगाएर

खरानीको व्यापार गर्न खोज्छन् ।

सिसामा अक्षर

अनि, दृश्य हेरेर मख्ख पर्छन्

किताब र कापी च्यात्छन् ।

पत्रिका पढ्दैनन् अल्पज्ञानीहरू

छापाखाना मास्न खोज्छन् ।

निहुरो ,साग अनि गुन्द्रक खान छोड्छन्

मस्म र पिजा टोक्छन्

भष्ट नेतालाई ढोग्छन्

एकको कमाइ हजार धाक खोज्छन् ।

दिनलाई रात

अनि, सेतोलाई कालो बनाउँछन्

राम्रोभन्दा

नराम्रो बाटो रोज्छन्

भनेर भनिसक्नुछैन अचेल

सुरूवालमाथि कट्टु लगाउँछन्

इज्जत बेचेर खान्छन् ।

धर्मका नाममा

गाई कुटेर

खोलामा बगाउँछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij