Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

इलाम : इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल रहेका छन् ।

उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईंलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूबिच माना चामल र अंश मुद्दा अदालतमा चलिरहेको प्रहरीको भनाई छ ।

शुक्रबार साँझ विवादका कारण दुलालले चापागाईँलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाइते बनाएका थिए । चापागाईँको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij