Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

२० करोड बराबरको यार्सागुम्बा निर्यात

२० करोड बराबरको यार्सागुम्बा निर्यात

काठमाडौँ : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ ।

कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।

फागुनसम्ममा २० करोड ७ लाख ५३ हजार रुपैयाँको ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१ लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij